बन्दुक र मृगको छालासहित भलामका दिपेन्द्र पक्राउ

पाेखरा | चैत २५, २०८०

बन्दुक र मृगको छालासहित भलामका दिपेन्द्र पक्राउ

पोखरा:   कास्की प्रहरीले बन्यजन्तु शिकार गरेको आरोपमा अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २० का ४२ वर्षीया दिपेन्द्र केसी रहेका छन् ।

 

प्रहरीका अनुसार उनलाई हिजो करिब १२ बजे पक्राउ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलिले पक्राउ गरिएको हो ।

 

केसीको साथबाट अबैध हतियार २ नाले Long rang made in Spain लेखिएको बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरीने मेटल जस्तो पदार्थ ७७६ ग्राम, LEMAN YELLOW POWDER लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पहेँलो रंगको धुलो पदार्थ –३६० ग्राम बरामद गरिएको छ । 

 

यस्तै ​POTASSIUM ACETATE लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रंगको धुलो पदार्थ –३४५ ग्राम, मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८०० ग्राम र ३ थान टर्चलाइटसमेत बरामद भएको छ ।

 

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।

 

केसीलाई अवैध बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित पठाइने प्रहरीले जनाएको छ ।
 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्